Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रास्वपा कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

रास्वपा कार्यकर्ताले ज्यान मार्ने धम्की दिएको भन्दै हर्क साम्पाङले दिए साइबर ब्युरोमा उजुरी

सोमवार , चैत्र १६, २०८२

काठमाडौं । प्रतिनिधिसभा सदस्य समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूविरूद्ध ज्यान मार्ने धम्की आएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन्।

सोमबार साम्पाङले सुनिता खड्का नाम गरेकी एक महिलाविरूद्ध उजुरी दिएका हुन्। खड्का रास्वपा समर्थक रहेको उनले उजुरीमा उल्लेख गरेका छन्।

उनले उजुरीमा भनेका छन्–‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानूनी कारबाही चलाउन अनुरोध गर्दछु ।’ 

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत साइबर ब्यूरोमा उजुरी गरेको जानकारी गराएका छन् । साम्पाङले ती महिलाको टिकटक आइडी समेत समावेश गरेका छन्।

उनले ‘कारबाही गर्छ कि गर्दैन त आफ्नो समर्थकलाई सरकारले ? भन्दै प्रश्न पनि गरेका छन् । 

harka ujuri.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077