Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मध्यपूर्वमा अमेरिकी विशेष बलको तैनाथी बढ्यो

मध्यपूर्वमा अमेरिकी विशेष बलको तैनाथी बढ्यो

मंगलवार , चैत्र १७, २०८२

एजेन्सी । मध्यपूर्व क्षेत्रमा तनाव चुलिँदै जाँदा अमेरिकाले आफ्नो सैन्य उपस्थिति उल्लेखनीय रूपमा बढाएको छ ।

बीबीसीका अमेरिकी मिडिया साझेदार सीबीएसका अनुसार अमेरिकी विशेष बलका सयौँ सदस्यहरू उक्त क्षेत्रमा तैनाथ गरिएका छन् ।  

मध्यपूर्वमा तैनाथ अमेरिकी विशेष बलमा सयौँ नेभी सिल र आर्मी रेन्जर्स छन्। साथै अमेरिकी मरिन र प्याराट्रूपर पनि छन्।

स्रोतलाई उद्धृत गर्दै सीबीएसले अमेरिकी सेनाको तैनाथी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानको सम्बन्धमा विकल्प दिन हो।

विकल्पअन्तर्गत होर्मुज स्ट्रेट खोल्ने, खार्ग टापुबाट तेल निकाल्ने वा इरानको समृद्ध युरेनियम भण्डार नियन्त्रण गर्नेजस्ता कार्य हुन सक्छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077