Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

रवि लामिछाने र महन्थ ठाकुरबीच भेटवार्ता

मंगलवार , चैत्र १७, २०८२

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ। 

लामिछानेको सचिवालयका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का अध्यक्ष समेत रहेका ठाकुर सभापति रविलाई भेट्न उनको निजी निवास बुढानीलकण्ठ पुगेका थिए। 

भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।

'भेटमा वर्तमान राजनीति, मधेसको विकास र प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा कुराकानी भयो। पछिल्लो जनादेशअनुसार समग्र विकासका निम्ति सहकार्य गरेर अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन्,' सचिवालयले भनेको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077