काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले नयाँ प्रतिनिधि सभामा आफू मात्रै पूर्वप्रधानमन्त्रीको हैसियतमा उपस्थित रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान संसदीय अवस्थालाई “विशेष परिस्थिति” भन्दै यसलाई चुनौती र अवसर दुवैका रूपमा लिएको उल्लेख गरेका हुन् ।
“पूर्वप्रधानमन्त्रीहरूमध्ये म मात्रै अहिले वैधानिक रूपमा प्रतिनिधि सभामा उपस्थित छु। यो आफैंमा एउटा चुनौती पनि हो र अवसर पनि हो,” दाहालले भने।
उनले जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धिहरूको रक्षा तथा आवश्यक परिमार्जन गर्न आफ्नो उपस्थितिलाई प्रभावकारी रूपमा उपयोग गर्ने बताए।