काठमाडौं । अर्थ मन्त्रालयमा ‘उच्चस्तरीय केन्द्रीय राजस्व चुहावट नियन्त्रण समिति’को महत्त्वपूर्ण बैठक जारी छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा राजस्व प्रशासनलाई चुस्त बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा केन्द्रित रहेर छलफल भइरहेको छ ।
बैठकमा विशेषगरी राजस्व छली, चोरी पैठारी नियन्त्रण र विद्यमान कानून कडाइका साथ कार्यान्वयन गर्ने विषयमा गम्भीर समीक्षा भइरहेको छ ।
बिहान ११ बजेदेखि जारी बैठकमा गृहमन्त्री सुधन गुरुङ, प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय, राजस्व प्रशासनका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूको उपस्थिति छ।