Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद हर्क साम्पाङले गरे एमसीसी खारेजको माग

सांसद हर्क साम्पाङले गरे एमसीसी खारेजको माग

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । प्रतिनिधि सभाको पहिलो बैठकमा सांसद हर्क साम्पाङले एमसीसी खारेज गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेजीको माग गरेका हुन् ।

जनताको चाहना र माग अनुसार निर्णय गर्न आग्रह गर्दै उनले भने- 'पृथ्वी रहीरहुन्जेलसम्म यो देश रहनुपर्छ । हाम्रो देशको अंकित झण्डा रहिरहनुपर्छ । यो मान्यता हामी राख्दर्छौं । देशको स्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।'

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077