Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्रिप्टो कारोबारी चिनियाँ नागरिक पक्राउ

क्रिप्टो कारोबारी चिनियाँ नागरिक पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । नेपालमा प्रतिबन्धित क्रिप्टो कारोबारमा संलग्न एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

प्रहरीका अनुसार झोऊ यी फेङ नामका चिनियाँ नागरिकले अवैध रूपमा करिब १७ करोड ७९ लाख ७० हजार ३७१ रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेपछि उनलाई पक्राउ गरिएको हो। उनी काठमाडौंको ठमेल क्षेत्रबाट पक्राउ परेका हुन्।

अनुसन्धानका लागि प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिसकेको छ।

प्रारम्भिक अनुसन्धानमा झोऊले नेपाली नागरिकलाई विभिन्न प्रलोभनमा पार्दै उनीहरूकै बैंक खातामार्फत कारोबार सञ्चालन गरेको पाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077