Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यात्रुलाई आफ्नो गाडीमा टिकट काट्न भन्दै डर देखाउने १३ जना पक्राउ

यात्रुलाई आफ्नो गाडीमा टिकट काट्न भन्दै डर देखाउने १३ जना पक्राउ

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । काठमाडौँ उपत्यका बाहिर जाने यात्रुलाई आफूले भनेको गाडीमा टिकट काट्नका लागि अत्याउने १३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शुक्रबार प्रहरी प्रभाग नयाँ बसपार्क र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले टिकट काउन्टरमा काम गर्ने १३ जनालाई नियन्त्रणमा लिएको हो ।

नयाँ बसपार्कबाट १२ जना र अलंकीस्थित सडकखण्डबाट एक जनालाई नियन्त्रणमा लिइएको छ । 

काठमाडौँ उपत्यका बाहिर जाने यात्रुलाई टिकट काउन्टरमा काम गर्ने कर्मचारीले अत्याउने गरेका छन् ।

उनीहरूले आफ्नो गाडीमा टिकट काट्न भन्दै यात्रुको झोला तथा सामान तान्ने, दुःख दिने, अभद्र व्यवहार गर्दै आएका थिए । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, काठमाडौंंले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077