कपिलवस्तु । सशस्त्र प्रहरीका बरिष्ठ हवल्दारमाथि हातपात गरेको आरोपमा सुद्दोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी पक्राउ परेका छन् ।
सोमबार बिहान गाउँपालिका–५ शिवलवा दोहनी सीमा नाकामा भारतबाट ल्याइएको सामानको नियमित सुरक्षा जाँचका क्रममा विवाद उत्पन्न भएको थियो । सोही क्रममा उपाध्यक्ष चौधरीले भिमबहादुर चौधरीमाथि हातपात गरेको आरोप लागेको हो ।
गोपाल अधिकारीका अनुसार भारतबाट सामान ल्याउँदा गरिएको सुरक्षा चेकजाँचप्रति असन्तुष्टि जनाउँदै उपाध्यक्षले बिओपी हथिहवा क्याम्पमा कार्यरत सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए।
घटनापछि नेपाल प्रहरीले उपाध्यक्ष चौधरीलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीबाट जाहेरी आएपछि कानुनी प्रकृया अघि बढ्ने बताइएको छ ।