Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यात्रु तानातान गरिरहेका २४ जना बिचौलिया पक्राउ

यात्रु तानातान गरिरहेका २४ जना बिचौलिया पक्राउ

मंगलवार , चैत्र २४, २०८२

झापा । पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलिया पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले सोमबार बिचौलियालाई नाकाको बसपार्क, भन्सार र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले पक्राउ परेका सबै पुरुष रहेका बताए ।

लामो तथा छोटो दूरीका यातायातका साधनमा चढाउन, होटलमा बास बसाउन र अस्पतालहरूमा उपचारका लागि लगिदिन भन्दै जबर्जस्ती यात्रु तानातान गर्नेहरूलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको खड्काले जानकारी दिए ।

बिचौलियाले दुःख दिएको भनेर यात्रुबाट गुनासो आएपछि सोमबार बिहानैदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाले नाकाको बसपार्क, बजार र भन्सार आसपासमा निगरानीका लागि प्रहरी परिचालन गरेको थियो ।

उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077