Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान युद्ध रोक्न सहमत, होर्मुज स्ट्रेट खुल्ने

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान युद्ध रोक्न सहमत, होर्मुज स्ट्रेट खुल्ने

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग २ हप्ताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत इरानले होर्मुज स्ट्रेट तत्काल खोल्ने सर्तमा आक्रमण र बमबारी स्थगन गर्न सहमति भएको जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘इरानले तुरुन्तै होर्मुज स्ट्रेट खोल्ने सर्तमा दुई हप्ताका लागि म बम विस्फोट र आक्रमण स्थगन गर्न सहमत भएको छु।’

ट्रम्पका अनुसार पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ र सेना प्रमुख असिम मुनिरको अनुरोधमा युद्धविराम गर्ने निर्णय गरिएको हो। 

उनले भनेका छन्, ‘हामीले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त गरेका छौँ। दुई देशबिचका सबै विवादास्पद मुद्दामा सहमति भएको छ। सम्झौतालाई अन्तिम रूप दिन र कार्यान्वयन गर्न अर्को दुई हप्ता आवश्यक हुनेछ ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077