Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अब प्रहरी कार्यालय धाउनु नपर्ने, मुद्धाको प्रगति फोनमै आउने

अब प्रहरी कार्यालय धाउनु नपर्ने, मुद्धाको प्रगति फोनमै आउने

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । नेपाल प्रहरीले दर्ता भएका मुद्दाको प्रगतिबारे सेवाग्राहीलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले नयाँ सूचना प्रणाली लागू गरेको छ ।

अब उजुरी, निवेदन, गुनासो वा जाहेरी दर्ता भएपछि त्यसको प्रगति सम्बन्धित व्यक्तिको मोबाइलमै एसएमएस वा फोनमार्फत पठाइनेछ ।

प्रहरीका अनुसार विभिन्न प्रहरी एकाइहरूमा दर्ता हुने मुद्दाहरूको अवस्था—कहाँ पुग्यो, कसरी अगाडि बढिरहेको छ र के–कस्ता प्रक्रिया पूरा भए—भन्ने जानकारी सेवाग्राहीले दिएको सम्पर्क नम्बरमा स्वतः पठाइनेछ ।

यसअघि मुद्दाको अवस्थाबारे जानकारी लिन सेवाग्राही स्वयं प्रहरी कार्यालय धाउनुपर्ने अवस्था थियो। नयाँ व्यवस्थासँगै पारदर्शिता बढ्ने, अनावश्यक झन्झट घट्ने र सेवाग्राहीमैत्री सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।

प्रहरीले जारी गरेको सूचनामा भनिएको छ, 'उजुरी, निवेदन, गुनासो तथा जाहेरी दर्ता भएपछि त्यसको प्रगतिबारे सेवाग्राहीलाई फोन वा एसएमएसमार्फत जानकारी दिने व्यवस्था लागू गरिएको छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077