Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद्‌मा दार्चुला भ्रमण स्मरण गर्दै साम्पाङले भनेः तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगुन

संसद्‌मा दार्चुला भ्रमण स्मरण गर्दै साम्पाङले भनेः तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगुन

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला जिल्लाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले दार्चुलाको अवस्था देखेर आफू रोएर आएको बताएका हुन्। 

प्रतिनिधि सभामा उपसभामुख निर्वाचन प्रक्रियामा सहभागी हुँदै उनले हालै गरेको दार्चुला भ्रमण स्मरण गर्दै व्यास गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो अभावका कारण स्थानीयवासी जोखिमपूर्ण रूपमा महाकाली नदीमा तुइन प्रयोग गर्न बाध्य रहेको बताएका थिए ।

उनका अनुसार सो क्षेत्रमा तुइनबाट खसेर ज्यान गुमाउने घटना सामान्यजस्तै बनेको र कुनै पनि घर परिवार तुइन दुर्घटनाबाट अछुतो नरहेको अवस्था रहेको छ । उनले यस्तो अवस्थाले आफू भावुक बनेको र रोएर फर्किएको पनि बताए ।

सांसद राईले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र गृहमन्त्रीलाई दार्चुलाको व्यास क्षेत्रमा तत्काल स्थलगत भ्रमण गरी जनताको पीडा प्रत्यक्ष बुझ्न रोस्ट्रमबाटै आग्रह गरे ।

यसैगरी प्रतिनिधि सभा सांसद समेत रहेका साम्पाङले संसदमा समर्थन जनाउँदा टेबुल नठोकेर ताली बजाउने अभ्यास शुरु गर्न पनि आग्रह गरेका छन्। 

टेबुल ठोकेर समर्थन गर्ने शैली त्यति राम्रो नदेखिएको जिकिर गर्दै साम्पाङले भने- 'आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला ? खाली हामीले टेबुल कुर्सी ठोकेर, टुबुल कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन । हाम्रो दुई हात छ, मन लाग्दा ताली ठोक्यो भने कति राम्रो होला !'

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077