Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आज पाकिस्तानमा निर्णायक वार्ता गर्दै इरान र अमेरिका

आज पाकिस्तानमा निर्णायक वार्ता गर्दै इरान र अमेरिका

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । इरान र अमेरिकाबीच आज पाकिस्तानको राजधानी इस्लामावादमा निर्णायक वार्ता हुँदैछ । ऐतिहासिक वार्ताका लागि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डलहरू पाकिस्तान आइपुगेका हुन् । 

इरानी संसदका सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अराक्ची नेतृत्वको टोली इस्लामावाद आइपुगेको हो । अवतरणपछि गालिबाफले अमेरिकाप्रति सद्भाव भए पनि विश्वास भने नभएको टिप्पणी गरे।

इरानी टोली मिनाब १६८ नामक विमानबाट पाकिस्तान आएको छ। यो नाम गत फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक कन्या विद्यालयमा भएको मिसाइल आक्रमणको सम्झना हो, जसमा १६८ जना (धेरैजसो बालबालिका) को मृत्यु भएको थियो । इरानले उक्त आक्रमणका लागि अमेरिकी सेना जिम्मेवार रहेको आरोप लगाउँदै आएको छ। 

अर्कोतर्फ, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन्। उनीसँगै विशेष दूत स्टिभ विट्कफ र डोनाल्ड ट्रम्पका सल्लाहकार जारेड कुश्नर पनि सहभागी छन्।

प्रस्थानअघि भान्सले भने, 'यदि इरानीहरू इमानदारीका साथ वार्ता गर्न तयार छन् भने, हामी हात बढाउन तयार छौँ। तर यदि उनीहरूले हामीलाई झुक्याउन खोजे भने हामी चुप बस्ने छैनौँ।'

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि निस्किएका उपराष्ट्रपति भान्सलाई शुभकामना दिँदै इरानसँगको सम्झौताका लागि आफ्नो मुख्य सर्त परमाणु हतियार विहीनता रहेको स्पष्ट पारेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077