Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अमेरिका–इरान वार्ता अन्योलमा, इरानका पूर्वसर्त

अमेरिका–इरान वार्ता अन्योलमा, इरानका पूर्वसर्त

शनिवार , चैत्र २८, २०८२

एजेन्सी । इस्लामाबादमा हुन लागेको अमेरिका–इरान शान्ति वार्ता सुरु हुनुअघि नै अनिश्चितताको बादल मडारिएको छ । इरानले आफ्ना कडा पूर्वसर्त अघि सारेपछि वार्ता सफल हुनेमा आशंका बढेको हो ।

इरानी नेतृत्वले रोक्का राखिएको सम्पत्ति फुकुवा गर्नुपर्ने र लेबनानमा युद्धविराम लागू हुनुपर्ने सर्त राखेको छ। यी माग पूरा नभएसम्म औपचारिक वार्ता अघि नबढ्ने स्पष्ट संकेत इरानले दिएको छ।

अर्कोतर्फ, अमेरिकाले भने वार्ताबाट सकारात्मक नतिजा अपेक्षा गर्दै कडा सन्देश दिएको छ। पछिल्ला अभिव्यक्तिहरूमा अमेरिकी पक्षले सम्झौतामा ढिलाइ भए थप कडा कदम चाल्न सकिने चेतावनी दिँदै आएको छ।

युद्धविरामका प्रयासहरू भइरहे पनि मध्यपूर्व क्षेत्रमा तनाव कायमै छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077