Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पाकिस्तानी मध्यस्थतामा अमेरिका र इरानबीच शान्ति वार्ता जारी

पाकिस्तानी मध्यस्थतामा अमेरिका र इरानबीच शान्ति वार्ता जारी

शनिवार , चैत्र २८, २०८२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानले मध्यपूर्वमा जारी युद्ध अन्त्यको प्रयासमा पाकिस्तानमा वार्ता थालेका छन्। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले पाकिस्तानको सरकारी स्रोतले उद्धृध गर्दै अमेरिका, इरान र पाकिस्तान गरी तीनै पक्षसहितको प्रत्यक्ष वार्ता सुरु भएको उल्लेख गरेको छ । 

विज्ञ स्तरमा पुगेको वार्तामा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुन क्षेत्रका व्यक्तिहरू सहभागी छन्। अमेरिकाको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् भने इरानको नेतृत्व संसद्‌का सभामुख मोहम्मद बागेर गालिबाफले गरिरहेका छन्। 

पाकिस्तान सरकारका स्रोतले बीबीसीलाई बताएअनुसार वार्ता स्थानीय समय अपराह्न ४ बजे सुरु भएको थियो। वार्ता इस्लामाबादको सेरेना होटलमा भइरहेको छ।

अहिलेसम्म जारी वार्ताबारे धेरै कुरा सार्वजनिक भइसकेको छैन। गत मंगलबार राति २ साताका लागि युद्धविराम गरेका अमेरिका र इरान स्थायी शान्तिका लागि आज थप वार्तामा जुटेका हुन्।

सुरुमा दुवै पक्षका प्रतिनिधिहरूले मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफसँग अलग अलग भेट गरेका थिए।

दुवै देशले ६ हप्ताको लडाइँपछि युद्धविराम गरेका थिए र त्यसको केही दिनमा वार्ता सुरु भएको हो। मध्यपूर्व भर फैलिएको यो युद्धले विश्वव्यापी ऊर्जा सङ्कट निम्त्याएको छ।

दुवै पक्षले एक अर्काले युद्धविरामको सर्त उल्लङ्घन गरेको आरोप लगाएका छन्। इस्लामाबादबाट एक जना बीबीसी संवाददाता भन्छिन् दुई पक्षबीच गहिरो अविश्वास रहेकाले एकै दिनमा परिणाम दिन गाह्रो हुनसक्छ।

पाँचतारे होटल सेरेना नै किन ?
पाकिस्तानको राजधानी इस्लामाबादको सबैभन्दा कडा सुरक्षा भएको भवनहरूमध्ये एक मानिने विलासी सेरेना होटल यस्तो उच्चस्तरीय वार्ताका लागि अनौठो छनोट जस्तो देखिन सक्छ । विशेषगरी सन् २००८ मा नजिकै रहेको म्यारियट होटलमा इस्लामाबादकै सबैभन्दा ठूलो सशस्त्र आक्रमण भएको सन्दर्भमा। 

तर सेरेना होटलको सुन्दर परिसर र मूरिस शैलीको वास्तुकलाले भित्र लुकेको मजबुत सुरक्षा व्यवस्थालाई ढाक्छ। सुरक्षा अधिकारीहरू र पूर्व प्रहरी प्रमुखहरूका अनुसार, कूटनीतिक क्षेत्र नजिकैको यसको रणनीतिक स्थान र उच्चस्तरीय पाहुनाहरूको सुरक्षामा वर्षौंदेखिको अनुभव यसको मुख्य विशेषता हो।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077