Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हर्क साम्पाङको टिप्पणी–जनतासँग तरकारीमा लगाउने लसुन छैन, नेताहरुसँग सुनै सुन

हर्क साम्पाङको टिप्पणी–जनतासँग तरकारीमा लगाउने लसुन छैन, नेताहरुसँग सुनै सुन

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । प्रतिनिधिसभाका सांसद समेत रहेका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका मन्त्रीहरुरको सुन र सम्पत्तिप्रति टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले के गर्नु त्यो सुन न खान मिल्ने ? भन्दै प्रश्न गरेका छन् । 

साम्पाङले फेसबुकमा लेखेका छन्–‘गरीब जनतासँग तरकारीमा लाउने लसुन छैन ! नेताहरुसँग सुन नै सुन ! के गर्नु हौ त्यो सुन ?  न खान मिल्ने !’

बालेन शाह नेतृत्वको सरकारमा रहेको मन्त्रीहरुले हिजो सम्पत्ति विवरण सार्वजनि गरेका थिए । सम्पत्ति विवरणमा अधिकांश मन्त्रीहरुको २० तोला भन्दा बढी सुन रहेको सम्पत्ति विवरण देखाइएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077