Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद हर्क साम्पाङले भने - मेरो नाममा केही छैन

सांसद हर्क साम्पाङले भने - मेरो नाममा केही छैन

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो नाममा कुनै उल्लेख्य सम्पत्ति नभएको बताएका छन् ।

मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेपछि आफूलाई पनि विवरण सार्वजनिक गर्न दबाब आएको उल्लेख गर्दै उनले केही दिनभित्रै आफ्नो सम्पत्ति सार्वजनिक गर्ने बताएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले लेखेका छन्, 'मेरो सम्पत्ति विवरण चाहिएको रहेछ ! केही दिनपछि दिउँला मेरो !'

आफ्नो पारिवारिक र व्यक्तिगत सम्पत्तिबारे खुलाउँदै उनले पैतृक सम्पत्ति आमाको नाममा रहेको बताएका छन् । खोटाङको केपिलाशगढी–२, चोखाने गाउँमा रहेको पाखो, खरबारी, बाँस र उतीस घारीसहितको केही खेतबारी मात्र परिवारको सम्पत्ति भएको उनले उल्लेख गरेका छन् ।

'गाउँ भिरालो पाखामा छ, त्यो पनि दाजु–दिदीहरूले अंश लिइसकेका छैनन्,' उनले भनेका छन्,'मेरो नाममा केही छैन।'

व्यक्तिगत रूपमा भने वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन र करिब २–४ लाख रुपैयाँ बैंक मौज्दात मात्र रहेको उनले बताएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077