Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

हर्क साम्पाङ भन्छन् - बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है, ल्याएका पूरा गर्नु पहिले

हर्क साम्पाङ भन्छन् - बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है, ल्याएका पूरा गर्नु पहिले

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारका सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत सार्वजनिक गर्न माग गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई लक्षित गर्दै यस्तो माग गरेका हुन् ।

जनता सबै मन्त्रीहरूको सम्पत्तिको स्रोतकै पर्खाइमा रहेको सांसद साम्पाङले बताए।

'अब धेरै बाचापत्र नल्याउनुहोस्, पहिले ल्याइसकेका प्रतिबद्धता पूरा गर्नुहोस्,' उनले भनेका छन्, 'तपाईंलगायत सबै मन्त्रीहरूको सम्पत्तिको स्रोत खोलिदिनुहोस्, जनताले त्यही पर्खिरहेका छन्।'

साम्पाङले पछिल्लो समय नेताहरूले ठूलो–ठूलो वाचा गर्ने तर कार्यान्वयनमा कमजोर देखिने प्रवृत्तिप्रति पनि असन्तुष्टि जनाएका छन्। उनका अनुसार पारदर्शिता र जवाफदेहिता बिना सुशासन सम्भव छैन।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077