Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचार मुद्दाका फरार नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

भ्रष्टाचार मुद्दाका फरार नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

शुक्रवार , बैशाख ४, २०८३

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा नगर विकास समितिको जग्गा हिनामिना प्रकरणमा दोषी ठहर भई फरार रहेका पूर्वअध्यक्ष गोपाल रसायली पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–१३ निवासी ४४ वर्षीय रसायलीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर का अनुसार, विशेष अदालत काठमाडौंको २०८१ वैशाख २४ गतेको फैसलाले रसायलीलाई भ्रष्टाचार मुद्दामा ४ वर्ष कैद र ७६ लाख ८२ हजार ४ सय ६६ रुपैयाँ जरिवाना सजाय सुनाएको थियो।

फैसला पछि फरार रहेका उनलाई प्रहरीले खोजी गर्दै आएको थियो।

रसायलीलाई पक्राउपछि आवश्यक प्रक्रिया पूरा गरी जिल्ला अदालत कञ्चनपुर मार्फत कारागार चलान गरिएको प्रहरीले जनाएको छ।

यसअघि सोही प्रकरणमा संलग्न अर्को पूर्वअध्यक्ष पल्टु राना पनि पक्राउ परेर कारागार पठाइसकिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077