Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बालेनको पुरानो र्‍याप विवादमा, साइबर ब्युरोमा उजुरी

बालेनको पुरानो र्‍याप विवादमा, साइबर ब्युरोमा उजुरी

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पुरानो र्‍याप गीत हटाउन माग गर्दै साइबर ब्युरोमा उजुरी दर्ता भएको छ।

उक्त उजुरी सुनीलबाबु पन्त ले दिएका हुन्, जसमा गीतले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मानमर्दन गरेको आरोप लगाइएको छ।

साइबर ब्युरोका एसपी दीपक गिरीका अनुसार, 'उक्त गीत हटाइपाऊँ भन्ने मागसहित उजुरी परेको छ र यसबारे अध्ययन सुरु गरिएको छ।'

करिब १२ वर्षअघि ‘रअ बार्ज र्‍याप ब्याटल’ शीर्षकमा युट्युबमा अपलोड गरिएको भिडियोमा बालेनले प्रयोग गरेका केही शब्दहरू अहिले विवादको केन्द्रमा परेका छन्। उक्त भिडियो विभिन्न च्यानलमार्फत सार्वजनिक रहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077