Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई लाख घुससहित भैरहवा मालपोतका नायब सुब्बा पक्राउ

दुई लाख घुससहित भैरहवा मालपोतका नायब सुब्बा पक्राउ

शुक्रवार , बैशाख ४, २०८३

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले घुस लिएको आरोपमा भैरहवाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ।

आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवा मा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चा मगर लाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।

स्रोतका अनुसार, सर्जमिन मुचुल्का तयार पार्ने कार्यमा सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग रकम माग गरिएको थियो।

सोही क्रममा लिइएको दुई लाख रुपैयाँसहित उनलाई भैरहवा बजार क्षेत्रबाट रंगेहात नियन्त्रणमा लिइएको बताइएको छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077