Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थायी जागिर हटाएर करार प्रणाली लागू गर्न सांसद हर्क साम्पाङको माग

स्थायी जागिर हटाएर करार प्रणाली लागू गर्न सांसद हर्क साम्पाङको माग

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष तथा सांसद हर्कराज राई (हर्क साम्पाङ) ले कर्मचारी संयन्त्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्न स्थायी नियुक्ति व्यवस्था खारेज गरी करार प्रणाली लागू गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

कानुन मन्त्रीमार्फत नेपाल सरकारलाई सम्बोधन गर्दै पठाइएको खुला पत्रमा उनले वर्तमान कर्मचारीतन्त्रले जनप्रतिनिधिको निर्देशन अवज्ञा गर्ने, ढिलासुस्ती गर्ने तथा जटिल प्रक्रियामा अल्झिएर विकास कार्यमा अनावश्यक विलम्ब गराउने प्रवृत्तिले देशको समग्र प्रगति प्रभावित भएको आरोप लगाएका छन् ।

राईले प्रशासनिक तथा प्रक्रियागत जटिलतालाई “क्यान्सर” सरह समस्या भन्दै यसले राज्य संयन्त्रलाई कमजोर बनाएको टिप्पणी गरेका छन्। उनका अनुसार विद्यमान संरचनागत कमजोरी समाधान गर्न कानुनी ढाँचामै व्यापक सुधार अपरिहार्य छ।

उनले अटेरी र गैरजवाफदेही कर्मचारीलाई नियन्त्रणमा राख्न स्थायी नियुक्तिको प्रणाली अन्त्य गरी करारमा आधारित सेवा प्रणाली लागू गर्नुपर्ने तर्क अघि सारेका छन्।

साथै, अत्यधिक जटिल र लामो प्रक्रियामा आधारित कानुनहरू खारेज गरी सरल, छरितो र कार्यान्वयनमुखी कानुनी व्यवस्था बनाउनुपर्नेमा उनले जोड दिएका छन्।

सांसद राईले आवश्यक परे प्रशासनिक सुधारका लागि आफू सरकारसँग सहकार्य गर्न तयार रहेको पनि पत्रमा उल्लेख गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077