Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चको फैसला मान्ने देउवा पक्षको निर्णय

सर्वोच्चको फैसला मान्ने देउवा पक्षको निर्णय

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेस भित्रको आन्तरिक विवादमा सर्वोच्च अदालतले दिएको फैसलापछि इतर समूहले एकताको बाटो रोज्ने भएको छ ।

नेता पूर्णबहादुर खड्का को निवासमा बसेको बैठकले अदालतको निर्णयप्रति असहमति जनाए पनि संवैधानिक निकायको सम्मान गर्दै त्यसलाई स्वीकार गर्ने निष्कर्ष निकालेको हो। बैठकपछि नेता मीन विश्वकर्मा ले पार्टीभित्र व्यापक परामर्शमार्फत एकता सुदृढ गर्ने सहमति भएको जानकारी दिए।

“फैसलामा हाम्रो असहमति छ, तर हामी त्यसलाई स्वीकार गर्छौँ। अब सबै पक्षसँग बृहत् परामर्श गरेर पार्टीलाई एकताबद्ध बनाउने दिशामा अघि बढ्छौँ,” विश्वकर्माले भने।

तीन महिनासम्म चलेको आधिकारिकता विवादमा सर्वोच्चले वैशाख ४ मा निर्णय सुनाउँदै गगन थापा नेतृत्वको पक्षलाई वैधता दिएको थियो। अदालतले निर्वाचन आयोग को निर्णयलाई कानुनी रूपमा ठोस ठहर गर्दै हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारेको थियो।

सर्वोच्चको संक्षिप्त आदेशमा देउवा पक्षले दर्ता गराएको कारबाही र विशेष महाधिवेशनसम्बन्धी उजुरी राजनीतिक दलसम्बन्धी कानुनअनुसार मान्य नहुने उल्लेख छ।

साथै, केन्द्रीय पदाधिकारीको अद्यावधिकपछि थापाको हस्ताक्षरबाट सम्पन्न संसदीय निर्वाचनले राजनीतिक वैधता प्राप्त गरिसकेको अदालतको निष्कर्ष छ।

फैसलापछि वैशाख ५ मा बसेको देउवा पक्षीय बैठकले अबको मुख्य प्राथमिकता पार्टीभित्र सांगठनिक र भावनात्मक एकता कायम गर्नेमा केन्द्रित हुने निर्णय गरेको छ।

नेता विश्वकर्माका अनुसार, पार्टीलाई एकताबद्ध बनाउने सम्पूर्ण जिम्मेवारी अब सभापति गगन थापा को काँधमा आएको छ। 'एकताको नेतृत्व अब सभापतिले लिनुपर्छ, हामी सबै त्यसमा सहयोग गर्न तयार छौँ,' उनले भने।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077