Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, १४ घाइते

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ व्यक्ति घाइते भएका छन्।

जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–८ थाराबाट कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरतिर जाँदै गरेको लु प्र ००१ ज ०२७१ नम्बरको जिप शनिबार साँझ साढे ५ बजे बनगाड कुपिण्डे–१२ धाइरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र १ जनाको उपचारका क्रममा मृत्यु भएको हो। 


जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिप दुर्घटनामा थाराका वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुनको मृत्यु भएको हो। 

यस्तै दुर्घटनामा घाइते ३० वर्षीय  मनबहादुर थापाको उपचारका क्रममा सुर्खेतको मेहलकुना अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते १४ जनामध्ये ५ जनाको अवस्था गम्भीर छ। 

जिप अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको हो। जिप बनगाड कुपिण्डे८ निवासी ३८ वर्षीय कुलबहादुर रानाले चलाएका थिए।

गम्भीर घाइतेहरूमा अम्मर सिंह कुँवर, डम्मर घर्ती, जनक थापा, भुपेन्द्र कुँवर, भुलबहादुर थापा, जुगसिंह पुन र चालक कुलबहादुर राना छन्। 

घाइतेहरु :

१. बनगाड कुपिण्डे–८ का वर्ष ६४ का अम्मरसिंह कँवर (गम्भीर)

२. ऐ.ऐ. बस्ने वर्ष २७ को डम्मर घर्ती (गम्भीर)

३. ऐ.ऐ. बस्ने वर्ष ३० का जनक थापा (गम्भीर)

४. ऐ.ऐ. बस्ने वर्ष ४९ को भुपेन्द्र कँवर (गम्भीर)

५. ऐ.ऐ. बस्ने वर्ष ३० का भुलबहादुर थापा (गम्भीर)

६. ऐ.ऐ. बस्ने वर्ष ५६ का जुगसिहं पुन (गम्भीर)

७. ऐ.ऐ. बस्ने वर्ष ३८ का अम्मर पुन (मध्यम)

८. ऐ.ऐ. बस्ने वर्ष २८ का नरसिङ थापा (मध्यम)

९. ऐ.ऐ. बस्ने वर्ष २५ का प्रेमबहादुर घर्ती (मध्यम)

१०. ऐ.ऐ. बस्ने वर्ष २५ का नरबहादुर थापा (मध्यम)

११. ऐ.ऐ. बस्ने वर्ष ३८ का कर्ण बहादुर थापा (मध्यम)

१२. ऐ.ऐ. बस्ने वर्ष ४५ का लाल ब. घर्ती (मध्यम)

१३. ऐ.ऐ. बस्ने वर्ष १५ का तिलक थापा (मध्यम)

१४. ऐ.ऐ. बस्ने चालक वर्ष ३८ का कुलबहादुर राना (गम्भीर)

स्रोत : जिल्ला प्रहरी कार्यालय सल्यान

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077