Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनी - राजीनामा देऊ, नत्र तातोपानी काण्ड आउँछ

गृहमन्त्रीलाई महेश बस्नेतको चेतावनी - राजीनामा देऊ, नत्र तातोपानी काण्ड आउँछ

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले गृहमन्त्री सुधन गुरुङमाथि गम्भीर आरोप लगाउँदै तत्काल राजीनामाको माग गरेका छन्।

बस्नेतले गृहमन्त्री गुरुङ ‘स्टार माइक्रो इन्स्योरेन्स’ कम्पनीमा बिचौलिया दीपक भट्टसँग व्यावसायिक साझेदारीमा रहेको तथ्य बाहिरिएपछि स्वतन्त्र र निष्पक्ष अनुसन्धानका लागि पद त्याग्नुपर्ने बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले “गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउन आवश्यक छ” भनेका छन्।

उनले थप दाबी गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग व्यवसायी भट्टको नाम जोडेर बदनाम गर्ने प्रयास भएको तर अनुसन्धानका क्रममा त्यस्तो सम्बन्ध नदेखिएको उल्लेख गरेका छन्। बरु गृहमन्त्री गुरुङसँग नै २५ लाख रुपैयाँ बराबरको शेयर रहेको तथ्य फेला परेको उनको दाबी छ।

बस्नेतले कार्की आयोगका सदस्य विज्ञानराज शर्माको नाममा समेत १० लाख रुपैयाँ बराबरको शेयर रहेको भनिएको उल्लेख गरेका छन्। यद्यपि, उनले भट्ट दोषी हुन् वा होइनन् भन्ने विषय न्यायालयले तय गर्ने बताएका छन्।

यसैबीच, बस्नेतले राजीनामा नदिए थप विवाद बाहिर ल्याइने संकेत गरेका छन्। उनका अनुसार मन्त्री बन्नुभन्दा केही दिनअघि ‘तातोपानी काण्ड’सँग सम्बन्धित भिडियो फुटेज पत्रकारहरूसँग सुरक्षित रहेको दाबी गरिएको छ।

तर ‘तातोपानी काण्ड’ के हो र उक्त भिडियो कससँग छ भन्नेबारे उनले स्पष्ट खुलाएका छैनन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077