Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि प्रचण्डको आह्वान

कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि प्रचण्डको आह्वान

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिष्ट आन्दोलनको समग्र पुनर्गठनका लागि व्यापक एकताको आह्वान गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टी को ७७औँ स्थापना दिवस तथा भ्लादिमिर लेनिन जयन्तीको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै उनले वामपन्थी शक्तिहरूबीच एकता अपरिहार्य भएको बताएका हुन् ।

सन्देशमा दाहालले समाजमा शोषण, असमानता र विभेद कायम रहँदासम्म कम्युनिष्ट आन्दोलनको आवश्यकता समाप्त नहुने स्पष्ट पारे ।

'साँचो अर्थमा जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित भइसकेको छैन, त्यसैले विभेद रहँदासम्म कम्युनिष्ट पार्टीको औचित्य रहिरहन्छ,' उनले उल्लेख गरेका छन्।

उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै समाजवादको लक्ष्य हासिल गर्न सबै कम्युनिष्ट तथा वामपन्थी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए।

त्यस्तै, शान्ति प्रक्रिया र गणतन्त्रको पक्षमा रहेका शक्तिहरूबीच साझा मोर्चा निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले वर्तमान राजनीतिक अवस्थामा प्रगतिशील एकता अझ महत्वपूर्ण भएको बताएका छन्।

May be an image of text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077