Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले किन बोलाए सुरक्षा प्रमुखहरुलाई ?

गृहमन्त्रीको पनि जिम्मेवारी सम्हालेका प्रधानमन्त्रीले किन बोलाए सुरक्षा प्रमुखहरुलाई ?

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले सुरक्षा निकायका प्रमुखहरूसँग आकस्मिक छलफल गरेका छन् । 

राजीनामापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्रीले सिंहदरबारमा शीर्ष सुरक्षा अधिकारीहरूलाई बोलाएका हुन् ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

राजीनामा दिनुअघि हिजो गृहमन्त्री गुरुङले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग भेट गरेका थिए । भेटको विवरण सार्वजनिक नभए पनि सोही दिनको घटनाक्रमलाई लिएर सुरक्षा निकायभित्र सरगर्मी बढेको देखिन्छ ।

गुरुङको राजीनामापछि देशको सुरक्षा संयन्त्र, प्रशासनिक समन्वय र आगामी कदमबारे प्रधानमन्त्री कार्यालयमा उच्चस्तरीय छलफल भइरहेको बताइएको छ ।

राजीनामालगत्तै प्रधानमन्त्री बालेनले सुरक्षा प्रमुखहरूलाई तत्काल छलफलका लागि बोलाउनुले सरकारभित्रको परिस्थितिलाई लिएर चासो बढेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077