Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भक्तपुर मालपोतबाट ११ जना बिचौलिया पक्राउ

भक्तपुर मालपोतबाट ११ जना बिचौलिया पक्राउ

बुधवार , बैशाख ९, २०८३

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट ११ जनालाई पक्राउ गरेको छ ।

बुधबार भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुर परिसरभित्रै बसेर बिचौलियाको भूमिका खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीका अनुसार कार्यालयभित्रका कोठाहरूमा पुगेर सेवाग्राहीको काममा हस्तक्षेप गर्दै अनधिकृत रूपमा गतिविधि सञ्चालन गरिरहेको पाइएपछि कारबाही गरिएको हो।

निमित्त सूचना अधिकारी शुभेश अधिकारीले लेखापढी व्यवसायी तथा भूमि सेवा व्यवसायीको नाममा कार्यालयभित्र प्रवेश गरी सेवा प्रवाहमा अवरोध पुर्‍याइरहेको सूचनाका आधारमा प्रहरी टोली खटाइएको जानकारी दिए ।

प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ। सरकारी कार्यालयमै बिचौलियाको सक्रियता भेटिनुले सेवा प्रवाहमा पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077