Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविलाई हर्कको प्रश्न - सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?

रविलाई हर्कको प्रश्न - सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एंव सांसद हर्क साम्पाङले सुकुमबासी बस्ती खाली गराउने सरकारको तयारीप्रति कडा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत् सार्वजनिक धारणा राख्दै उनले सरकार 'धनीका लागि होइन, निमुखा र गरिबका लागि बन्नुपर्ने' बताएका हुन्।

साम्पाङले भावनात्मक शैलीमा सरकारलाई चेतावनी दिँदै गरिबको पीडा नबुझ्ने शासक सफल हुन नसक्ने बताए ।

उनले लेखेका छन्, 'गरिबको आत्मालाई रुवाएर सत्ता टिके पनि सफलता मिल्दैन। सरकार भनेको हिँड्न नसक्नेलाई काँध हाल्ने हो, वैशाखी खोस्ने होइन।'

साम्पाङले रवि लामिछानेलाई प्रत्यक्ष प्रश्न गर्दै सुकुमबासी बस्ती भत्काउने निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हो कि होइन भनी जिज्ञासा गरेका छन्।

हर्कले लेखेका छन्, ‘रवी जी… तपाईँको रास्वपाको निर्णय हो त सुकुमबासी बस्ती भत्काउने ? हिजो मात्रै सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप भन्दै भोट मागेको होइन र भन्या ? जे होस् बचनको पक्का देखियो रास्वपा ।’

उनले विगतमा सुकुमबासीलाई धनीपूर्जा दिने वाचा गरेर भोट मागिएको उल्लेख गर्दै वर्तमान कदमप्रति असन्तुष्टि जनाएका छन्। 

साम्पाङले विलासी जीवन बिताउने शासकहरूलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। उनले लेखेका छन्, 'महलमा बस्ने, सुरक्षाफौज घेरेर आराम गर्ने शासकलाई पुलमुनि बस्न बाध्य गरिबको पीडा थाहा हुँदैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077