Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुकुम्बासीसँग सहयोग माग्दै प्रहरीले भन्यो–सरकारले शुरु गरेको प्रक्रिया तपाईंहरुकै भविष्यका लागि हो

सुकुम्बासीसँग सहयोग माग्दै प्रहरीले भन्यो–सरकारले शुरु गरेको प्रक्रिया तपाईंहरुकै भविष्यका लागि हो

शुक्रवार , बैशाख ११, २०८३

काठमाडौं । नेपाल  प्रहरीले वास्तविक सुकुम्बासी तथा भूमिहीन नागरिकलाई आफ्नो हकअधिकारप्रति सजग रहन आग्रह गरेको छ। 

प्रहरीले आज एक सूचना जारी गर्दै सक्कली सुकुम्बासीहरुलाई आफ्नो हक मिच्ने नक्कली सुकुम्बासी र भूमिहीन व्यक्तिहरुको पहिचान गर्न पनि आग्रह गरेको छ ।

वास्तविक सुकुम्बासी र भूमिहीनहरु एकजुट भएर राज्यले गर्न लागेको व्यवस्थापन कार्यमा सहयोग तथा सहकार्य गरी सुरक्षा निकायलाई समयमै सही सूचना दिन भनेको हो ।

सरकारले सुरु गरेको सुकुम्बासी र भूमिहीन व्यवस्थापन प्रक्रिया वास्तविक पीडितको उज्ज्वल भविष्य, सुरक्षित बसोबास तथा सम्मानजनक जीवनयापन सुनिश्चित गर्नका लागि महत्वपूर्ण पहल भएको प्रहरीले जनाएको छ।

यसको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी र भूमिहीनको पहिचान गरी उनीहरुलाई न्यायोचित आवास तथा आवश्यक अधिकार प्रदान गर्न रहेको प्रहरीको भनाइ छ । 

तर केही स्वार्थी तथा प्रभावशाली व्यक्तिहरुले वास्तविक पीडितको नाम र अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजिरहेको पाइएको प्रहरीले जनाएको छ ।

यस्ता गतिविधिका कारण वास्तविक सुकुम्बासी तथा भूमिहीन नागरिक अवसरबाट वञ्चित हुनुका साथै राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको प्रहरीले उल्लेख गरेको छ।

यसले समस्या समाधान हुनुको सट्टा झन् जटिल बन्दै गएको प्रहरीको ठम्याइ छ ।

सूचनामा भनिएको छ–‘यसको मुख्य उद्देश्य वास्तविक सुकुम्बासी र भूमिहीनहरू पहिचान गरी न्यायोचित आवास तथा अधिकार प्रदान गर्नु रहेको छ । तर, दुःख लाग्दो कुरा, केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरुले तपाइँहरुको नाम र हक अधिकारको दुरुपयोग गर्दै अनुचित लाभ लिने प्रयास गरिरहेका छन्, जसको बारेमा तपाइहरु स्वयम् जानकार हुनुहुन्छ । त्यस्ता व्यक्तिहरुको कारण वास्तविक सुकुम्बासी र भूमिहीनहरु अवसरबाट वञ्चित हुने तथा राज्यबाट प्राप्त हुने सेवासुविधाबाट समेत टाढा रहनुपर्ने अवस्था सिर्जना भइरहेको छ । जसले गर्दा वास्तविक सुकुम्वासी र भूमिहीनहरु सधैँ अन्यायमा परिरहनु भएको छ र यो समस्या जहिले पनि ज्यूँका त्यूँ रहि आएको छ ।’

सुकुम्बासीसँग सहयोग माग्दै प्रहरीले भनेको छ–‘एउटा सानो सहयोगले मात्र वास्तविक पीडितको न्याय, अधिकार र सुरक्षित आवास सहितको भविष्य सुनिश्चित हुनेछ ।’

sukumbasi.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077