Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

खगेन्द्र सुनारलाई ज्ञानेन्द्र शाहीको सुझाव - सिडिओकोमा होइन प्रधानमन्त्री कार्यालयमा धर्ना दिनू

खगेन्द्र सुनारलाई ज्ञानेन्द्र शाहीको सुझाव - सिडिओकोमा होइन प्रधानमन्त्री कार्यालयमा धर्ना दिनू

सुकुम्वासी बस्ती हटाउने कार्य सकारात्मक

आइतवार , बैशाख १३, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले सुकुम्वासी समस्या समाधानका लागि सरकारलाई स्पष्ट र ठोस कदम चाल्न आग्रह गरेका छन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै उनले वास्तविक सुकुम्वासीलाई नागार्जुनमा निर्माण भएका खाली भवनहरूमा व्यवस्थापन गर्न सकिने बताएका छन् ।

'नागार्जुनमा ठूला भवनहरू खाली छन्, वास्तविक सुकुम्वासीलाई त्यहाँ राख्न सकिन्छ,' उनले भने, 'ऐनमा समस्या भए नयाँ ऐन बनाउन हामी तयार छौं।'

शाहीले सुकुम्वासी बस्ती हटाउने सरकारी अभियानलाई सकारात्मक भने पनि दीर्घकालीन समाधान बिना यो अपूर्ण रहने उल्लेख गरे।

सीमा नाकामा हुने कडाइबारे बोल्दै उनले १०० देखि ५०० रुपैयाँसम्मका घरायसी सामान ल्याउने सर्वसाधारणलाई दुःख नदिन आग्रह गरे। तर, घरायसी नाममा हुने संगठित तस्करीलाई भने कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा उनले जोड दिए।

'साना सामानमा खोसाखोस होइन, ठूलो तस्करी रोक्नु सरकारको मुख्य जिम्मेवारी हो,' उनको भनाइ थियो।

संसदीय प्रक्रियाबारे उनले सरकारलाई अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति त्याग्न आग्रह गरे। बहुमत हुँदाहुँदै संसदलाई छलेर अध्यादेश ल्याउनु संसदीय मूल्य–मान्यताविपरीत हुने उनले बताए।

उनले विकासका लागि वर्षमा हजारौं विधेयक पारित गर्नुपर्ने आवश्यकता पनि औंल्याए। जातीय विभेदको विषयमा बोल्दै उनले सांसद खगेन्द्र सुनारलाई प्रमुख जिल्ला अधिकारीको कार्यालयमा होइन, प्रधानमन्त्री कार्यालयमै धर्ना दिन सुझाव दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077