Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा केन्द्रीय संयोजन समितिको बैठक आज, यस्ता छन् एजेन्डा

नेकपा केन्द्रीय संयोजन समितिको बैठक आज, यस्ता छन् एजेन्डा

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि तय गरिएको छ ।

बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम छ।

नेता प्रकाश ज्वालाका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी बाँडफाँट तथा सचिवालय र केन्द्रीय कार्य समितिलाई पूर्णता दिने विषयमा ठोस निर्णय लिने सम्भावना छ।

यससँगै चुनावी समीक्षा प्रतिवेदन अनुमोदन, सांगठनिक जिम्मेवारी हेरफेर र एकीकरण प्रक्रियालाई तीव्रता दिने प्रस्तावहरू पनि आजको एजेन्डामा छन्। वैशाख ३ गतेको बैठकमा उठेका प्रश्नहरूको जवाफसहित संयोजकद्वयले तयार पारेको प्रस्तावलाई आज अनुमोदन गर्ने तयारी गरिएको छ।

सांगठनिक संरचनामा प्रदेश इन्चार्ज, सह–इन्चार्ज, संयोजक र सह–संयोजकको जिम्मेवारी वरिष्ठ नेताहरूबाटै तोकिनेछ। जिम्मेवारी बाँडफाँटमा साविकका दुई धार—माओवादी केन्द्र र एकीकृत समाजवादी—बीच सन्तुलन कायम गर्ने मापदण्ड अपनाइने भएको छ। सोअनुसार एक पक्षले इन्चार्ज पाए अर्को पक्षले सह–इन्चार्ज पाउने व्यवस्था मिलाइनेछ।

यस्तै, ३२ वटा विभागमा प्रमुख र उपप्रमुखको जिम्मेवारी पनि भागबण्डाका आधारमा तय गरिनेछ। बैठकले विधानअनुसार १२५ सदस्यीय केन्द्रीय सचिवालय र ६०१ सदस्यीय केन्द्रीय कार्य समितिलाई पूर्णता दिने प्रस्तावमाथि समेत छलफल गर्नेछ।

तल्लो तहमा पालिका र जिल्लास्तरसम्म एकता तथा समायोजनको जिम्मा सम्बन्धित प्रदेशलाई दिने तयारी गरिएको छ। जनवर्गीय संगठन, मोर्चा एकता, सदस्यता नवीकरण तथा एकताको मापदण्डबारे पनि आजै निर्णय हुन सक्ने बताइएको छ।

यसैबीच पार्टीको आगामी कार्यदिशा र एकता महाधिवेशनबारे पनि बैठक निर्णायक हुने देखिएको छ। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077