Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्र बाँकी छ : हर्क साम्पाङ

बालेन सरकार असफल भइसक्यो, अब अवसान मात्र बाँकी छ : हर्क साम्पाङ

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई (हर्क साम्पाङ) ले वर्तमान सरकार ‘पूर्ण रूपमा असफल’ भइसकेको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले गरिबमाथि गरिएको व्यवहारलाई लिएर सरकारमाथि कडा प्रहार गरेका हुन् ।

उनले लेखेका छन्, 'सरकार असफल भैसकेको छ, अब अवसान मात्रै बाँकी छ। गरीबको गाँस खोस्ने र बास भत्काउने सरकार असफल सरकार हो।'

राईले सुकुमवासी बस्ती हटाउने क्रममा राज्यले देखाएको बल प्रयोगप्रति आपत्ति जनाउँदै यसलाई अमानवीय कार्यको संज्ञा दिएका छन्। 'गरीबलाई लात हान्ने प्रवृत्तिको कुनै पनि हालतमा पुष्टि गर्न सकिन्न,' उनले भने ।

उनले राज्यले गरीबमाथि दमन गर्न प्रहरी र सेना प्रयोग गर्नु लोकतान्त्रिक मूल्यविपरीत भएको आरोप लगाए। 'गरीबलाई दमन गर्न हजारौँ प्रहरी र सेना देखाउने सरकार लोकतान्त्रिक सरकार होइन,' उनको भनाइ छ ।

साम्पाङले भ्रष्टाचारमा संलग्न भएर महलमा बस्नेहरूलाई चुनौती दिँदै गरीबलाई बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन्।

'करोडौँ–अर्बौँ भ्रष्टाचार गरेर महलमा बस्नेहरूलाई मेरो चुनौती छ— गरीबलाई सास फेर्न सक्ने वातावरण बनाएर देखाऊ,' उनले भने।

उनले आम नागरिकलाई सरकारको खुलेर विरोध गर्नसमेत आह्वान गरेका छन्। “हामीले बनाउन चाहेको देश यही हो त ? नेता महलमा अनि जनता सडकमा ?” भन्दै उनले सबै नेपालीसमक्ष प्रश्न तेर्साएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077