Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन सरकारले अध्यादेश ल्याउँदा तीन बर्ष अघिको रविको स्टाटस भाइरल

बालेन सरकारले अध्यादेश ल्याउँदा तीन बर्ष अघिको रविको स्टाटस भाइरल

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी कानुनी व्यवस्था परिवर्तन गर्न अध्यादेश ल्याएसँगै राजनीतिक बहस तीव्र बनेको छ ।

संसद अधिवेशन स्थगित गरिएको अवस्थामै मंगलबार उक्त अध्यादेश राष्ट्रपति कार्यालयमा पेस गरिएपछि सरकारको कदमप्रति चौतर्फी आलोचना सुरु भएको हो ।

सरकारले बहुमत हुँदाहुँदै संसद छल्दै अध्यादेश ल्याएको भन्दै विरोध भइरहेको छ । यसैबीच रास्वपा सभापति तथा सांसद रवि लामिछानेले तीन वर्षअघि अध्यादेशको विरोधमा व्यक्त गरेको धारणा सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

त्यतिबेला लामिछानेले लेखेका थिए, अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ।'

सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले विगत र वर्तमानबीच तुलना गर्दै तीव्र टिप्पणी गरिरहेका छन् । संसदीय प्रणालीमा संसद सर्वोच्च विधायिकी निकाय भएकाले सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ ।

यस्तो अवस्थामा अध्यादेशमार्फत संवेदनशील कानुनी परिवर्तन गर्नु लोकतान्त्रिक अभ्यासमाथि प्रश्न उठाउने विषय बन्न सक्ने कतिपयको बुझाई छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077