Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङले मागे बालेनको राजीनामा, अन्तर्राष्ट्रिय बेइज्जत भएको आरोप

हर्क साम्पाङले मागे बालेनको राजीनामा, अन्तर्राष्ट्रिय बेइज्जत भएको आरोप

बुधवार , बैशाख १६, २०८३

काठमाडौं । विपक्षी दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को राजीनामा मागेका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री बालेनमा न्यूनतम मानवता पनि नदेखिएको आरोप लगाउँदै मार्गप्रशस्त गरिनुपर्ने बताएका हुन्। 

उनले फेसबुकमा लेखेका छन्–‘बालेनले तुरुन्त राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ। न्यूनतम मानवतासमेत देखिएन । संयुक्त राष्ट्रसंघको समेत ध्यानाकर्षण र विरोध आइसक्यो। योभन्दा ठूलो अन्तर्राष्ट्रिय बेइज्जत अर्को छैन, हुँदैन।’

सरकारले सुकुमवासी बस्तीमा डोजर चलाएकामा सांसद साम्पाङले निरन्तर विरोध गरिरहेका छन्। यद्यपी उनी धरानको मेयर हुँदा आफै सुकुम्म्बासी बस्ती खाली गराउने अभियानमा जुटेका थिए । अहिले बालेन सरकारले भने सुकुम्बासीहरुकै व्यवस्थापनका लागि भन्दै बस्ती खाली गरिरहेको छ । 

उनले सरकारले संसद छलेर अध्यादेश ल्याएको भन्दै विरोध गरिरहेका छन् । यसबारे पनि उनले केही समय अघि स्टाटस लेखेका थिए । उनले लेखेका छन्–‘दुई तिहाइको रास्वपा अध्यादेशको बाटोमा ! जनताको सदन छलेर के पाउनु हुन्छ हौ साथी हो ??? सदन नछल ! नझुक्काऊ जनतालाई !’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077