Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोप एकजना पक्राउ

सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोप एकजना पक्राउ

बिहिवार , बैशाख १७, २०८३

काठमाडौं । काठमाडौंमा महिलाहरूलाई लक्षित गरी सुनको सिक्री लुटपाट गर्दै आएका एक अभियुक्त पक्राउ परेका छन् ।

तारकेश्वर नगरपालिका–५ पैंयाटार बस्ने रसुवा घर भएका २५ वर्षीय विजय तामाङलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले अनुसन्धानका क्रममा उनलाई पक्राउ गरेको हो ।

उनीमाथि चन्द्रागिरी नगरपालिका–६ मातातीर्थ, वडा नं. १३ नैकाप तथा वडा नं. ७ घुमाउने क्षेत्रमा बाटोमा हिँडिरहेका महिलाहरूको सुनको सिक्री लुटपाटमा संलग्न रहेको आरोप छ ।

प्रहरीले पछिल्ला केही समययता भएका श्रृंखलाबद्ध घटनाको अनुसन्धान गर्दै जाँदा तामाङको संलग्नता खुलेपछि उनलाई उनकै बसोबास क्षेत्रबाट नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077