Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अर्थमन्त्री वाग्लले भने- लुटतन्त्र अन्त्य गर्ने मोडमा छौँ, इमान्दार व्यवसायी आत्तिनु पर्दैन

अर्थमन्त्री वाग्लले भने- लुटतन्त्र अन्त्य गर्ने मोडमा छौँ, इमान्दार व्यवसायी आत्तिनु पर्दैन

'गल्ती नगरेका, दुःख गरेर कमाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनुपर्दैन'

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकार मुलुकको  ‘लुटतन्त्र’ अन्त्य गर्दै सुशासन कायम गर्ने लक्ष्यमा रहेको बताएका छन् ।

शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सुशासनलाई म्याक्रो र माइक्रो गरी दुई तहमा विभाजन गरेर सुधारका काम अगाडि बढाएको स्पष्ट पारेका हुन् । 

उनका अनुसार म्याक्रो सुशासन अन्तर्गत राज्यका नीति र संयन्त्रमा देखिने संस्थागत कब्जा तथा ‘क्लेप्टोक्रेसी’ प्रवृत्तिलाई अन्त्य गर्ने काम भइरहेको छ ।

यसैगरी माइक्रो सुशासनअन्तर्गत आम जनताले पाउने सेवा प्रवाह सुधार गर्ने, सरकारी अड्डामा लाइन बस्नु नपर्ने, घुस खुवाउनु नपर्ने र हातहातकै फोनबाट डिजिटल माध्यममार्फत सेवा पाउने सुनिश्चितता गर्न सरकार लागेको पनि उनले बताए ।

मन्त्री वाग्लेले भने-'हामी सुशासनलाई म्याक्रो र माइक्रो दुवै तहमा सुधार गर्दैछौँ । नीतिगत कब्जा र लुटतन्त्र अन्त्य गर्ने मोडमा हामी छौँ।' 

यस्तै पछिल्लो समय विवादास्पद व्यापारी दीपक भट्ट र उनका साझेदार व्यापारीहरूमाथि भएको कारबाहीबारे उठेका प्रश्नप्रति स्पष्ट पार्दै उनले अपराध गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याइने बताए । 

तर इमान्दार व्यवसायीलाई भने डराउनु पर्ने कुनै कारण नरहेको उनको भनाइ छ ।

इमानदार व्यवसायीहरूलाई नडराउन आग्रह गर्दै उनले भने, ‘गल्ती नगरेका, दुःख गरेर कमाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीहरू आत्तिनुपर्दैन ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077