Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पछिल्ला घटनाक्रमले त्रसित निजी क्षेत्रसँग छलफल गर्दै रवि लामिछाने

पछिल्ला घटनाक्रमले त्रसित निजी क्षेत्रसँग छलफल गर्दै रवि लामिछाने

आइतवार , बैशाख २०, २०८३

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निजी क्षेत्रका उद्योगी तथा व्यवसायी प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।

पछिल्ला समय उद्योगी-व्यवसायीमाथि कानुनी कारबाहीका घटनाले त्रसित बनेका निजी क्षेत्रसँग सभापति लामिछानेले छलफल गर्न लागेका हुन् ।

निजी क्षेत्रसँग सम्बन्धित समसामयिक विषयमा छलफलका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायत संस्थामा आबद्ध व्यवसायीहरूलाई निमन्त्रणा पठाइएको स्रोतले जनाएको छ।

बैठकमा वर्तमान आर्थिक अवस्था, लगानी तथा व्यावसायिक वातावरण सुधारका उपाय, निजी क्षेत्रले भोगिरहेका व्यावहारिक कठिनाइ तथा अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक नीतिगत सुझावबारे विचार-विमर्श हुने बताइएको छ।

रास्वपा सरकार गठनपछि धमाधम उद्योगी व्यवसायी पक्राउ पर्न थालेपछि पछिल्लो समय निजी क्षेत्र त्रसित छ ।

व्यवसायीहरुले निष्पक्ष छानबिन र आवश्यक प्रमाणका आधारमा मात्र कारबाही अगाडि बढाउनुपर्ने धारणा राख्दै आएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077