Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको आग्रह - संसद् चलाऔं, जनताको आवाज सुन्नुस्

प्रधानमन्त्री बालेनलाई हर्क साम्पाङको आग्रह - संसद् चलाऔं, जनताको आवाज सुन्नुस्

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई तत्काल संसद् बैठक आह्वान गर्न आग्रह गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो सन्देश सार्वजनिक गर्दै उनले लगातार स्थगित भइरहेको संसद् बैठकप्रति असन्तुष्टि जनाएका हुन् ।

‘संसद् बैठक बस्न काठमाडौं आएको सरकारकै कारण स्थगित भइराखेको छ,’ उनले भने, ‘सदन चालु राख्नुपर्छ, जनताको आवाज सुन्नुपर्छ, बहस पैरवी गर्नुपर्छ। जनताका प्रश्नहरूको उत्तर दिनुपर्छ।’

साम्पाङले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने,‘प्रधानमन्त्रीज्यू, के गर्दै हुनुहुन्छ ?’

उनले सुकुम्वासी बस्ती व्यवस्थापनमै केन्द्रित भएर मात्र सुशासन सम्भव नहुने उल्लेख गर्दै बजेट पारित र विकास निर्माणका कामहरू किन ढिला भइरहेको हो भन्नेबारे स्पष्टता मागे।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077