Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

एमालेको निर्णय - सदस्यता प्रणाली अब पूर्ण डिजिटल, जेठ मसान्तभित्र नवीकरण

एमालेको निर्णय - सदस्यता प्रणाली अब पूर्ण डिजिटल, जेठ मसान्तभित्र नवीकरण

आइतवार , बैशाख २०, २०८३

काठमाडौं । नेकपा एमालेले पार्टी सदस्यता व्यवस्थापनलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापनसम्बन्धी डेमो बैठकले अनलाइनमार्फत सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण तथा अभिलेख व्यवस्थापन गर्ने प्रणाली लागू गर्ने निष्कर्ष निकालेको हो।

संगठन विभागका संयोजक एवं एमाले सचिव भानुभक्त ढकालका अनुसार प्रस्तावित डिजिटल ‘मोडेल’बारे बैठकमा विस्तृत छलफल गरिएको थियो। ‘पार्टी सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटल, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य हो,’ उनले बताए ।

बैठकमा उपाध्यक्ष विष्णु पौडेलले अनलाइन सदस्यता नवीकरण अभियानले पार्टी जीवनलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उल्लेख गरे।

एमालेले अब केन्द्रीय कमिटीदेखि वडा तहसम्म संगठनमा आबद्ध सबै नेताकार्यकर्ताको ‘बायोडाटा’ समेत डिजिटल अभिलेखमा राख्ने तयारी गरेको छ। संगठन विभागका अनुसार, सातै प्रदेश, सबै जिल्ला र ७५३ वटै पालिकामा एकैसाथ लागू हुने गरी प्रणाली विस्तार गरिनेछ।

प्रत्येक पालिकामा भौतिक उपस्थितिमै सहजीकरण गर्ने व्यवस्था मिलाइने भए पनि सम्पूर्ण प्रक्रिया भने अनलाइनमार्फत सञ्चालन गरिने जनाइएको छ।

यसअघि पार्टी महासचिवको उपस्थितिमा बसेको बैठकले जेठ मसान्तलाई सदस्यता नवीकरणको अन्तिम मिति तोक्ने प्रस्ताव अघि सारेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077