Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने गगन र शेखरबीच सहमति

पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्ने गगन र शेखरबीच सहमति

मंगलवार , बैशाख २२, २०८३

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको लामो समयको आन्तरिक खिचातानीपछि शीर्ष तहमा संवाद र सहकार्यको संकेत देखिन थालेको छ।

सभापति गगनकुमार थापा र नेता शेखर कोइरालाबीच मंगलबार भएको औपचारिक भेटवार्ताले पार्टीभित्र नयाँ राजनीतिक गतिशीलता सुरु भएको सन्देश दिएको छ ।

विशालनगरस्थित कोइरालाको सचिवालयमा करिब ४५ मिनेट चलेको भेटमा पार्टीको आगामी रणनीति, संगठन सुदृढीकरण र स्पष्ट कार्यदिशाबारे गम्भीर छलफल भएको जनाइएको छ।

लामो समयपछि दुई नेताबीच भएको प्रत्यक्ष संवादलाई कांग्रेसभित्र सहकार्यको नयाँ अध्यायको रूपमा हेरिएको छ।

भेटमा आपसी विश्वास पुनःस्थापना गर्दै पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने सहमति बनेको छ।

दुवै नेताले आन्तरिक विवादलाई अन्त्य गर्दै संगठनलाई मजबुत बनाउने र आगामी राजनीतिक चुनौती सामना गर्न साझा धारणा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अदालतबाट पार्टीको आधिकारिकता टुंगिएपछि सभापति थापाले शीर्ष नेताहरूसँग चरणबद्ध संवाद अघि बढाउँदै आएका छन्।

यसैक्रममा कोइरालासँगको भेटलाई पार्टीभित्र सहमति, सहकार्य र एकताको वातावरण निर्माणतर्फको महत्वपूर्ण कदम मानिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077