Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ओलीले गरे जस्तै जालझेल बालेनले पनि गर्दै हुनुहुन्छ, विगतमा रोके पनि अहिले सकेनौं : गगन थापा

ओलीले गरे जस्तै जालझेल बालेनले पनि गर्दै हुनुहुन्छ, विगतमा रोके पनि अहिले सकेनौं : गगन थापा

'संवैधानिक परिषद्‌माथि आफ्नो नियन्त्रण राख्न संसद् स्थगित गरेर अध्यादेश ल्याइएको हो'

बुधवार , बैशाख २३, २०८३

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफु निकटलाई प्रधानन्यायाधीश बनाउन प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको आरोप लगाएका छन् ।

बुधबार सिंहदरबास्थित कांग्रेस संसदय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानीमा गर्दै उनले यस्तो आरोप लगाएका हुन् । 

उनले भने- 'संवैधानिक परिषद्‌माथि आफ्नो नियन्त्रण राख्न संसद् स्थगित गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याइएको हो । सबै प्रपञ्च रचिएको छ ।अगाडिको प्रधानमन्त्रीले ठ्याक्कै यही गर्नुभएको हो, ‘त्यो बेला हामीले रोक्यौं । अहिले हामीले रोक्न सकेनौं ।'

सभापति थापाले नेकपा एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व हुँदा आफ्ना मान्छे नियुक्तिका लागि गरेको जालझेल जस्तै प्रधानमन्त्री बालनेले पनि गरेको दाबी गरेका छन् । 

तर विगतका प्रधानमन्त्री पनि प्रयास गरेको भए पनि आफूहरूले रोकेको भए पनि अहिले नसकेको बताए।

साथै प्रधानमन्त्रीले आफ्नो खल्तीबाट झिकेको नाम प्रधानन्यायाधीश बनाउनेको लागि भोलि बैठक राखेको बताए।

उनले थप भने- 'आफूले प्रस्ताव गरेको प्रधानन्यायाधीश पारित गराउन भोलि संवैधानिक परिषदको बैठक राखेको छ । प्रधानमन्त्री, सभामुख र भोलि कानूनमन्त्री आउनुहुन्छ। कानूनमन्त्री आइसकेपछि तीन जनाले पारित गरेपछि बहुमत हुन्छ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077