Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनले डोजर आतंक मच्चाएको गगनको आरोप, नक्कली सुकुम्वासीलाई कारबाही गर्न माग

बालेनले डोजर आतंक मच्चाएको गगनको आरोप, नक्कली सुकुम्वासीलाई कारबाही गर्न माग

बुधवार , बैशाख २३, २०८३

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान र प्रचलित कानूनले भूमिहीन दलित तथा सुकुम्वासीको हक स्पष्ट रूपमा निर्धारण गरिसकेको बताएका छन्। 

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नदी किनारमा बसोबास गर्ने नागरिकहरूको हकमा पनि कानूनले वैकल्पिक व्यवस्था सुनिश्चित गर्नुपर्ने बताए।

उनले भने–‘पहिचान गरेर उचित व्यवस्थापन गर्नुपर्छ भन्ने कानूनको व्यवस्था छ। यदि कसैले आफ्नो सम्पत्ति लुकाएर सुकुम्वासीको नाममा बसिरहेको छ भने उसलाई जमिन दिनु हुँदैन, बरु कानूनअनुसार कारबाही गर्नुपर्छ।’ यद्यपी उनले सुकुम्वासीप्रति राज्यको व्यवहार ‘निर्मम र क्रूर’ भएको आरोप लगाए।

विगतमा विभिन्न दलबीच भएको सहमतिका आधारमा भूमि सम्बन्धी विधेयकमा व्यापक संशोधन गरिएको स्मरण गर्दै उनले विधेयक करिब ९५ प्रतिशत पुनर्लेखन भएको बताए। 

उनले भने–‘राज्यले बल प्रयोग गर्न पाउँछ, तर बरबर हुन पाउँदैन। बुद्ध पूर्णिमाको दिन संरचना भत्काउने, विद्यालय डोजर लगाउने जस्ता गतिविधि अस्वीकार्य छन्। वैकल्पिक व्यवस्था नगरी डोजर आतङ्क मच्चाउनु गलत हो।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077