Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदनपछि कुलमानलाई पनि भित्र्याउने हर्क साम्पाङको तयारी, भन्छन् - डाह गर्नेहरू भुतुक्क हुन्छन्

सुदनपछि कुलमानलाई पनि भित्र्याउने हर्क साम्पाङको तयारी, भन्छन् - डाह गर्नेहरू भुतुक्क हुन्छन्

शनिवार , बैशाख २६, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने बताएका छन् ।

हालै माओवादी पृष्ठभूमिका नेता तथा पूर्वमन्त्री सुदन किराँतीलाई पार्टीमा समाहित गराइसकेका साम्पाङले अर्को ठूलो राजनीतिक ‘आकर्षण’को संकेत गर्दै घिसिङलाई पनि भित्र्याउने घोषणा गरेका हुन् ।

शुक्रबार किराँतीलाई औपचारिक रूपमा श्रम संस्कृतिमा प्रवेश गराएका साम्पाङले सोही दिनदेखि नै पूर्वऊर्जा सचिव तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई लक्षित गर्दै पार्टी विस्तारको संकेत दिएका थिए ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘सुदनजीलाई श्रम संस्कृतिमा स्वागत गर्दा डाह गर्नेहरू कुलमानजीलाई ल्याएको दिन ढल्छन् होला डाह र ईष्याले।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077