काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको हल्लामा कुनै सत्यता नभएको प्रस्ट पारेका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो हल्लाको पछि नलाग्न आग्रह गरेका हुन्।
उनले भने- ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। हल्लाको पछि नलाग्र्नुस् । तपाईँहरू हाम्रो साझेदार हो ।’
उनले निजी क्षेत्रलाई देशको अर्थतन्त्रको प्रमुख साझेदार भन्दै गलत हल्लाको पछि नलाग्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री डा.वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए ।
साथै अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै उनले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।