Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्री परिवर्तन हल्लाकाबीच गगनसमक्ष सुदूरपश्चिमका मुख्यमन्त्रीले भने - म पद जोगाउन विमानस्थल गएको होइन

मुख्यमन्त्री परिवर्तन हल्लाकाबीच गगनसमक्ष सुदूरपश्चिमका मुख्यमन्त्रीले भने - म पद जोगाउन विमानस्थल गएको होइन

शनिवार , बैशाख २६, २०८३

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई टिकटबाट वञ्चित गरिएको विषय उठाउँदै पार्टी नेतृत्वसमक्ष कडा प्रश्न गरेका छन् ।

नेपाली कांग्रेसको ‘जरा अभियान’ अन्तर्गत धनगढीमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले वर्तमान सभापति गगन कुमार थापासमक्ष पछिल्लो समय पार्टीभित्र विकसित घटनाक्रमबारे स्पष्ट धारणा मागे ।

उनले २३ र २४ गते देउवा दम्पतीमाथि भएको व्यवहार स्वाभाविक हो कि अस्वाभाविक भन्ने प्रश्न गर्दै देउवालाई टिकट नदिने निर्णयमाथि पनि असन्तुष्टि जनाए ।

‘आज शेरबहादुर देउवालाई टिकटबाट किन वञ्चित गरियो ? अब उहाँको स्थान कहाँ हुन्छ ?’ भन्दै शाहले पार्टीभित्र पुराना नेताहरूको योगदानको सम्मान हुनुपर्ने धारणा राखे ।

धनगढीमा सभापति थापा आउँदा कार्यक्रमभन्दा सरकार परिवर्तनको चर्चा बढी चलेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । समानुपातिक सांसद फिर्ता बोलाएर भए पनि सरकार परिवर्तनको विषय उठाइएकोप्रति उनले आपत्ति जनाए ।

शाहले आफू मुख्यमन्त्री पद जोगाउन नभई पार्टी एकताका लागि कार्यक्रममा सहभागी भएको स्पष्ट पारे ।

‘म मुख्यमन्त्री पद जोगाउन विमानस्थल गएको होइन, यो मञ्चमा आएको पनि होइन । सिंगो कांग्रेस एक होस् भन्ने मनसायका साथ यहाँ उपस्थित भएको हुँ,’ उनले भने ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077