Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इरान विरुद्धको युद्ध अमेरिकाले जसरी पनि जित्ने ट्रम्पको दाबी

इरान विरुद्धको युद्ध अमेरिकाले जसरी पनि जित्ने ट्रम्पको दाबी

बुधवार , बैशाख ३०, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनावमा अमेरिका अन्ततः विजयी हुने दाबी गरेका छन् ।

चीन प्रस्थानअघि पत्रकारहरूसँग कुरा गर्दै उनले इरानले या त सम्झौता गर्ने वा “नष्ट हुने” चेतावनीसमेत दिएका हुन् ।

ट्रम्पका अनुसार अमेरिकासँग वर्तमान परिस्थितिलाई नियन्त्रणमा राख्न सबै विकल्पहरू खुला छन्।

उनले आफ्नो चीन भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ सँग हुने उच्चस्तरीय वार्तामा इरान द्वन्द्व र होर्मुज जलसन्धि आसपासको सुरक्षा संकटबारे पनि छलफल हुने बताएका छन्।

यद्यपि उनले उक्त भेटवार्ताको मुख्य एजेन्डा व्यापार र आर्थिक सम्बन्ध नै रहने स्पष्ट पारेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराका अनुसार ७४ दिनदेखि जारी द्वन्द्वमा अमेरिकाले हालसम्म करिब २९ अर्ब अमेरिकी डलर खर्च गरिसकेको छ, जसमा हतियार तथा सैन्य उपकरण मात्र समावेश गरिएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077