Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

ज्ञानेन्द्र शाहीको प्रश्न – कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेका बालेन संसद्‍मा किन अनुपस्थित ?

ज्ञानेन्द्र शाहीको प्रश्न – कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेका बालेन संसद्‍मा किन अनुपस्थित ?

जनताको सरकार हो भने संसदबाटै उत्तरदायित्व खोज्ने हो, रत्नपार्कबाट होइन

बुधवार , बैशाख ३०, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ अनिवार्य उपस्थित हुनुपर्ने बताएका छन्।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले विरोध गरिहेका बेला बोल्दै उनले सत्ता पक्षसँग सरकारको शक्ति भए पनि जनताको प्रतिनिधिको आवाज नसुन्न नमिल्ने बताए।

उनले विगतमा हालको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगै मिलेर प्रधानमन्त्री संसदमा उपस्थित नभएको अवस्थामा आफूहरूले विरोध, बहिष्कार र कालो पट्टी बाँधेर असन्तुष्टि जनाएको स्मरण गराउँदै बालेनको उपस्थिती खोजेका हुन् । 

शाहीले नीति तथा कार्यक्रमजस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने भन्दै संसबाटै उत्तरदायित्व खोजिनुपर्ने धारणा राखे। उनले भने–‘जनताको सरकार हो भने संसदबाटै उत्तरदायित्व खोज्ने हो, रत्नपार्कबाट होइन ।’ 

उनले संसारको कुनै पनि लोकतान्त्रिक अभ्यासमा नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री अनुपस्थित रहने परम्परा नरहेको दाबी गरे।

प्रधानमन्त्री शाह कालो चश्मा लगाएर सिंहदरबारमै बसिरहेको उल्लेख गर्दै उनले रुलिङ गरेर प्रधानमन्त्रीलाई संसदमा बोलाउन सभामुख डीपी अर्यालसँग माग गरे।

उनले भने–‘आफैंले ल्याएको नीति तथा कार्यक्रम सुन्न नसक्ने कुरा हुँदै हुँदैन । यो भन्दा अर्को कुन काममा ब्यस्त हुनुहुन्छ प्रधानमन्त्री ? यो भन्दा ठूलो काम अरु हुनै सक्दैन ।’ 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077