Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज शिखर वार्ता

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सीबीच आज शिखर वार्ता

बिहिवार , बैशाख ३१, २०८३

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन पुगेसँगै विश्वका दुई महाशक्तिबीच उच्चस्तरीय वार्ता वार्ताको तयारी सुरु भएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग हुने दुईदिने शिखर वार्तामा व्यापार युद्ध, कृत्रिम बुद्धिमत्ता (एआई), मध्यपूर्व युद्ध तथा ताइवानको सुरक्षा मुख्य एजेन्डाका रूपमा अघि सारिएका छन् ।

बेइजिङ विमानस्थलमा ट्रम्पलाई चीनका उपराष्ट्रपति हान झेङले स्वागत गरे ।

यसलाई चीनले अमेरिकी राष्ट्रपतिलाई दिएको विशेष सम्मानका रूपमा हेरिएको छ । ट्रम्पसँग उनका छोरा एरिक ट्रम्पसहित अमेरिकी प्रविधि तथा उद्योग क्षेत्रका चर्चित व्यक्तित्वहरू पनि चीन पुगेका बीबीसीले जनाएको छ ।

भ्रमण टोलीमा एलन मस्क, जेनसेन हाङ, टीम कुक लगायतका शीर्ष व्यवसायी सहभागी छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077